थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२ पुग्यो

काठमाडौं, २३ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप २७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। कोरोना भाइरसको संक्रमण देखिनेमा २६७ जना पुरुष र ११ जना महिला रहेका छ ।

देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ । आज सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६६ हजार ८६५ जना छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ३३३ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here