इसेवाको रिफर एण्ड अर्न अफर

काठमाडाैं, ११ वैशाख । पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको लागि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।

‘नगदरहित समाज निर्माणको लागि आफू पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ’ भन्ने अभियान अन्तरगत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्वजनिक गरेको जानकारी दिएकाे छ ।

अफर अन्तरगत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक रु ३० सम्म बोनस प्राप्त गर्न सकिन्छ । यसमा आफ्ना परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका संपर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ ।

इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताए ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

इसेवाले आफ्नो मोबाईल एप्सबाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू दश लाख भन्दा बढी पुगेको र इसेवाका देशभर करिब ५० हजार एजेन्ट रहेको पनि बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here