मृत्यु भइसकेका अर्का व्यक्तिको पनि कोरोना पोजेटिभ, मृतकको संख्या १२ पुग्यो

प्रतिनिधी तस्विर

काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएको छ।

जेठ २१ गते मृत्यु भएका डोल्पाका जगदुल्ला गाँउपालिका-३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कोरोना भाइरस पोजिटिभ आएको हो।

मृत्यु भएकै दिन स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा शनिबार विहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ती व्यक्ति दमका दीर्घरोगी,लामो समयदेखि दमको रोगले पीडित थिए । उपचारका लागि सुर्खेत गएका उनी जेठ १८ गते गाउँ फर्किएका थिए। त्यसपछि घरमै क्वारेन्टिनमा बसेका बेला जेठ २१ गते बिहान ९ बजे उनको मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे औपचारिक पुष्टि गर्न बाँकी छ। यसअघि जेठ २० गते पाल्पाको मिसन अस्पतालमा पूर्वखोला गाउँपालिका घर भई भारतबाट आएका ४५ वर्षीय पुरुषको ज्यान गएको थियो। उनको ज्यान गएपछि मात्रै कोरोना संक्रमित रहेको पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here