थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५ पुग्यो

काठमाडौं, २४ जेठ । पछिल्लो २४ घण्टामा शनिबार नेपालमा थप ३२३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन्। पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

नेपालमा हालसम्म संक्रमितमध्ये ३६५ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १३ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here