कोरोनाले थप दुई जनाको मृत्यु : मृतकको संख्या १३ पुग्यो

फाइल फोटो

काठमाडौं, २४ जेठ । नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

देवकोटाका अनुसार उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो। उनको पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको छ। त्यस्तै जेठ २१ गते मृत्यु भएका डोल्पाका जगदुल्ला गाँउपालिका-३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कोरोना भाइरस पोजिटिभ आएको हो।

मृत्यु भएकै दिन स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा शनिबार विहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ती व्यक्ति दमका दीर्घरोगी,लामो समयदेखि दमको रोगले पीडित थिए । उपचारका लागि सुर्खेत गएका उनी जेठ १८ गते गाउँ फर्किएका थिए। त्यसपछि घरमै क्वारेन्टिनमा बसेका बेला जेठ २१ गते बिहान ९ बजे उनको मृत्यु भएको हो।

यसअघि जेठ २० गते पाल्पाको मिसन अस्पतालमा पूर्वखोला गाउँपालिका घर भई भारतबाट आएका ४५ वर्षीय पुरुषको ज्यान गएको थियो। उनको ज्यान गएपछि मात्रै कोरोना संक्रमित रहेको पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here