कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

प्रतिनिधी तस्विर

काठमाडौं, २६ जेठ । कोरोना संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।

वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो ।

उनी पहिलेदेखि नै बिरामी थिए । स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here