अपाङ्ग व्यक्तिलाई एनएनएसडब्लुएको सहयोग

दोधारा, २६ जेठ । एनएनएसडब्लुएले माहाकाली नगरपालिकामा बसोबास गर्ने अपांग भएकाहरुलाई राहत सामग्री प्रदान गरेको छ् ।

लकडाउनको कारण घरमा चुल्हो जल्न समेत समस्या भएकाहरुका लागी एनएनएसडब्लुए कञ्चनपुरले माहाकाली नगरपालिकामा रहात सामग्री पठाएको हो ।

कोभिड १९ को कारण क र ख बर्गका अपांग भएका ब्यक्तीहरुलाई दैनिक खाद्यान्न तथा ब्यक्तीगत स्वास्थ्यमा सरसफाईमा समेत समस्या उत्पन्न भएको बताउदै माहाकाली नगरपालिका संग समन्वय गरि राहत सामग्री पठाईएको ।

एनएनएसडब्लुएका प्रतिनिधी राज कुमार सुनारले बताएका छन् । माहाकाली नगरपालिकामा बसोबास गर्ने २ सय ४ जना क र ख बर्गका अपांग भएका ब्यक्तीहरुलाई राहत सामग्री पठाईएको एनएनएसडब्लुएका प्रतिनिधी राज कुमार सुनारले जानकारी दिएका छन् ।

प्रत्येक अपांग भएका ब्यक्तीहरुलाई १५ केजी मसिनो चामल, १ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, १ सय ग्राम मसाला, १ सय ग्राम खुर्सानी, ८ सय ग्राम चिनी, १ सय ग्राम चियापत्ती, १ पिस टुथपेष्ट, २ पिस टुथ ब्रस, १ पिस सेनिटाईजर, नुहाउन र कपडा धुने साबुन १–१ पिस, मास्क २ पिस, कोभिड १९ सम्बन्धी सचेतनामुलक पुस्तीका १ थान रहेको छ् ।

अपांगहरुलाई पठाईएको उक्त सामग्री चाडै वडा स्तरबाट बितरण गर्ने माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जनाएका छन् । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा एनएनएसडब्लुए कञ्चनपुरले बिभिन्न समयमा खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गर्दै आएको भन्दै प्रबक्तासिजालीले एनएनएसडब्लुएका टोलीलाई बिशेष धन्यबाद दिएका छन् ।

लकडाउनका कारण समस्यामा परेका अपांगता भएकाहरुलाई एनएनएसडब्लुएले राहत पठाएको खबर पाएपछि खुशी हुदै राहतले उनीहरुको दैनिकी चलाउन सहज हुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here