रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक उत्पादन बजारमा

काठमाडौं, २६ जेठ । शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जुस तथा ट्याबलेट नेपाली बजारमा आएको छ ।

शाहीराम फुड्स प्रालिले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेटको बजारमा बिक्री सुरु गरेको हो ।

आयुर्वेदिक जडिबुटी गिलोयलाई नेपालमा गुर्जो नामले चिनिन्छ । परापूर्वकालदेखि पुर्खाहरुले शरीरमा कमजोरी हुँदा गुर्जोको झोल पिउँदै आएका छन् । भारतीय योग गुरु बाबा रामदेवका साथै आयुर्वेदिक ज्ञाताहरुले कोरोनाबाट बच्नका लागि गुर्जोको झोल सेवन लाभदायक हुने बताउँदै आएका छन् ।

यहि सर्वगुणकारी गिलोय ९गुर्जो०का साथै तुलसी, वासा, त्रिकटु प्रवाही, हरिद्रा, आद्रकलगायत अमूल्य नेपाली जडीबुटीलाई शाहीराम फुड्स प्रालीले जुस र ट्याब्लेटका रुपमा बजारमा ल्याएको हो ।

गिलोयो तुलसी जुस र गिलोयो तुलसी ट्याब्लेटको नियमित प्रयोग गरेपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामबहादुर शाहीले दाबी गरे ।

‘आयुर्वेदिक डाक्टरहरुको खोज, अध्ययन, अनुसन्धानबाट गिलोयोको प्रयोगले शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने र कोरोनाविरुद्ध लड्न सकिने पुष्टि भएको छ।’ उनले भने, ‘हाम्रा प्रोडक्टले रोग प्रतिरोधी क्षमता अभिबृद्धि गर्न र मानिसहरुलाई कोरोनाको त्रास कम गर्दै सामान्य जीवनमा फर्कन सहयोग गर्ने विश्वास लिएका छौ’ ।

कम्पनीका उत्पादनहरु आइएसओ र जीएमपी प्रमाणीकरण र डिडिएबाट पनि स्वीकृत छ । नेपाली जडिबुटीको प्रयोगबाट निर्मित आयुर्वेदिक उत्पादन बच्चादेखि बृद्धसम्म सबैले प्रयोग गर्नसक्ने र कुनै साईटइफेक्ट नभएको कम्पनीको दाबी छ ।

यी उत्पादनहरुमा प्रचुर मात्रामा एन्टीअक्सीडेन्ट तत्व भएकाले नियमित सेवनले बालकदेखि वृद्धसम्मलाई रोगसँग लड्ने क्षमता बृद्धि गर्दै कोरोना लगायतका भाइसरबाट बचाउने र पाचन क्रियालाई सक्रिय गराउने, शारिरीक सम्बन्धलाई पनि सुमधुर ल्याउने, पुरानो जरो, मधुमेह, दम, बाथ, माइग्रेन, कब्जीयत, एसीडीटी, जोर्नी दुखाई, रुखा, खोकी, टाउको दुखाई, शारीरीक कमजोरीलाई समेत यी प्रोडक्ट लाभदायक हुने सीइओ शाहीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here