काठमाडौं, २६ जेठ । सोमबार थप २१ जना डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर डिस्चार्ज भएका हुन् ।
योसहित निको हुनेको संख्या ४८८ पुगेको छ। प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्।