नुवाकोटमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, २७ जेठ । नुवाकोटमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित क्वारेन्टिनमा बस्दै आएका दुवै जना पुरुष रहेका छन् । योसँगै नुवाकोटमा संक्रमितको सङ्ख्या पाँच पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here