‘लक्षणविनाको संक्रमितबाट अन्यमा कोरोना सर्ने सम्भावना निकै कम’- डब्ल्यूएचओ

काठमाडौं, २७ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको लक्षण नदेखिएका बिरामीबाट स्वस्थ मानिसमा सर्ने सम्भावना निकै कम रहेको बताएको छ ।

संगठनकी आधिकारिक सरुवा रोग विशेषज्ञ मारिया भान कर्खोभेले जेनेभामा आयोजित एक कार्यक्रममा लक्षण नदेखिएका कोरोना संक्रमितहरूले अरूलाई रोग सार्ने सम्भावना कम भएको बताएकी हुन् ।

‘हामीसँग भएका आँकडाका आधारमा भन्नुपर्दा लक्षण नदेखिएको संक्रमितले अर्को व्यक्तिमा संक्रमण सार्ने स्थिति दुर्लभै छ,’ भान कर्खोभले भनिन् ।

लक्षण नदेखिएका संक्रमणका केसहरू चिनिएका रोगीको कन्ट्याक्ट ट्रेसिङबाट पहिचानमा आएको र व्यापक रूपमा सम्पर्क पहिचान गर्ने देशहरूबाट प्राप्त आँकडामा यो आधारित रहेको उनको भनाइ छ ।

‘यस विषयको जानकारी प्रकाशित भइसकेको छ तर संगठनले सुनिश्चित हुनका लागि आँकडाको समीक्षा गरिरहेको छ ।’

कोरोनाबाट संक्रमित भएका केही व्यक्तिहरु विशेषगरी वयस्क र स्वस्थ व्यक्तिमा कोरोनाको लक्षण कहिल्यै पनि देखिने गर्दैन वा त केही सामान्य लक्षणमात्रै देखिने गर्दछ।

कतिपयमा भने वास्तविक रुपमा संक्रमित नहुुँदासम्म लक्षण देखिन सक्छ। यस विषयमा डब्ल्यूएचओले थप अध्ययन गरिरहेको उनको भनाइ छ ।

त्यसक्रममा अन्य अधिकारीहरूले कोरोनाभाइरसका नयाँ केसहरू दैनिक रूपमा व्यापक बढिरहेको र देशहरूले भाइरस नियन्त्रणका लागि प्रयास जारी राख्नुपर्ने बताएका थिए । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here