गरिखाने अधिकार खोसिएको भन्दै व्यवसायी महासंघले दियो आन्दोलनको चेतावनी

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले गरिखाने अधिकार खोसिएको भन्दै पाँच बुँदै माग राख्दै असन्तुष्टि व्यक्त गरेको छ ।

महासंघ अध्यक्ष नरेश कटुवालले मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै सरकारले लकडाउन बढाउँदै जाँदा बैंकको ब्याज, घरभाडा र करको मारमा व्यवसायीहरु परेको तर कुनै सहुलियत प्याकेज नल्याएकोमा भन्दै ५ बुँदे माग राखेका छन् ।

त्यो माग पूरा भएमात्र लकडाउनको पूर्ण पालना गर्न सकिने बताएका छन् । स्वास्थ्य सुरक्षाका उपायहरु अपनाई आंशिक रुपमा व्यापार व्यवसाय संचालन गर्न पाउनुपर्ने उनको भनाइ छ। भोलिसम्म ती माग पूरा नभए बिहीबार बिहानबाट हामी सांकेतिक आन्दोलनमा उत्रिन्छौं ।’ सरकारले कुनै सहुलियत नदिने अनि भोको पेटमाथि लाठी बर्साउन मिल्छ ? उनले प्रश्‍न गरे ।

जारी विज्ञप्तिमा पनि लकडाउनबीचको अवधिमा सरकारका विभिन्न निकाय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायतसँग छलफल भएको भएपनि प्रहरीले पसल बन्द गर्न भनेपछि व्यवसायीहरुले त्यसको प्रतिरोध गर्नुपरेको उल्लेख गरेको छ।

महासंघले जेठ २१ गते विज्ञप्ति नै निकालेर व्यवसाय सञ्चालन गरेको तथा सरकारका विभिन्न निकाय र जिल्ला प्रशासनसँग छलफल गरेर व्यवसाय सञ्चालन गरेको अवस्थामा आज बिहान प्रहरी प्रशासनले बल प्रयोग गर्न खोजेकोप्रति महासंघको आपत्ति रहेको उनले बताए ।

बैंक तथा वित्तीय संस्था र सहकारीबाट लिएको कर्जाको व्याज तथा जरिवाना मिनाहा हुनुपर्ने, संघ, प्रदेश र स्थानीय सरकारलाई लकडाउन अवधिभरमा बुझाउनुपर्ने कर मिनाहा हुनुपर्ने, लकडाउन अवधिभरको घरभाडा मिनाहा हुनुपर्ने, केरुङ लगायतको नाकामा आएर रोकिएका सामानहरु जाँचपास गरी यथाशिघ्र सोही नाकाबाट छुटाउनुपर्ने र सम्पूर्ण निजी क्षेत्रका संघसंस्थालाई एकीकृत गरी समन्वयन समिति गठन गर्नुपर्ने माग राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here