पुनर्बीमा कम्पनी सेयर नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौं, २८ जेठ । नेपाल पुनर्बीमा कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बुधबार पुनर्बीमा कम्पनीको १०० रुपैयाँ अंकित दरका १० करोड कित्ता (कम्पनीको ८ करोड ४० लाख कित्ता संस्थापक र १ करोड ६० लाख कित्ता सर्वसाधरणतर्फको आइपीओ) सेयर सूूचीकरण गरिएको नेप्सेद्धारा जारी सूूचनामा उल्लेख छ।

यससँगै अब सेयर बजार खुलनसाथ दोस्रो बजारमा यसको कारोबार गर्न पाइने छ । सामान्यतया सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिने व्यवस्था भएपनि बजार बन्द रहेकाले बजार सुचारु हुनासाथ कारोबार गर्न मिल्ने भएको हो ।

नेप्सेका अनुुसार कम्पनीको ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता रु. १४१.४५ देखि रु. ४२४.३५ बाट पहिलो कारोबार सुुरु हुुने जनाइएको छ।

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड १ करोड ६० लाख कित्ता आईपीओ जारी गरेको थियो।

जसमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि यसअघि नै बाँडफाँड गरिसकेको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियो।

आईपीओमा कुल ३ लाख ९१ हजार ६२६ जनाले आवेदन दिएका थिए। तीमध्ये ९८८ जनाको आवेदन रद्द भएको थियो। बाँकी ३ लाख ९० हजार ६३८ आवेदकले सेयर हात पारेका थिए। आइपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी १० अर्ब पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here