सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘स्टेरिङ्ग अप्रेसन’

पप्पु गुरुङ

दोधारा २८ जेठ । विश्वभर कोरोना कहर चलिरहेको छ । माहाकाली नगरपालिकाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ ।

केही दिन अघि माहाकाली नगरपालिका क्षेत्रमा कोरोना भाइरसको कारण नेपाल सरकार र भारत सरकारले लकडाउन संग सिमा क्षेत्र सिल गरेपछि भारतबाट रोजागारी गुमेर लुक्दै लुकाउदै भारतिय सुरक्षाकर्मीको पिडा सहदै आएर भारतिय जंगलमा अलपत्र पर्दै आएका नेपालीहरुको दुखको सहारा बन्दै आएको सशस्त्र प्रहरीलाई अबका दिनहरुमा अर्को चुनौती थपिएको छ् ।

सिमावर्ती भारतिय बजारमा मध्यरातमा तस्करी हुन थालेपछि सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डको टिम सक्रियता हुदै आएको छ् ।

माहाकाली नगरपालिकाको नेपाल भारत संग जोडिएको झण्डै ३५ किलोमिटर सीमा क्षेत्रमा थोरै जनशक्तीले तस्करी नियन्त्रण गर्न सहज छैन् । रातीको समयमा समेत सशस्त्र प्रहरीको टोली तस्करी नियन्त्रणमा सक्रिय बन्दै गएको स्थानिहरुको भनाई रहेको छ् ।

लकडाउनकै विचमा तस्करी हुदा सशस्त्र प्रहरीले नियन्त्रण दिदै छ । माहाकाली नगर क्षेत्रमा सिमावर्ती बजारबाट रातीको समयमा हुदै आउने तस्करका योजना धमाधम सशस्त्र प्रहरीले तोडिरहेको छ ।

सशस्त्र प्रहरीलाई स्थानियहरुले साथ दिएपछि उनिहरुको योजना तोड्न सफल भएका छन् । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा माहाकाली नगर क्षेत्रमा सक्रिय रहेको सशस्त्र प्रहरी लकडाउनको बेला तस्करहरुको योजना तोड्न सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारी र उनका टोलीले एक पछि अर्को सफलता हासिल गर्दै आएको छ् ।

माहाकाली नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीले अप्रेसन चलाएपछि तस्कररुको समान धमाधम बरामद हुन थालेको छ् । बुधबार बिहान ५ बजे माहाकाली नगरपालिका वडा नं. ७ कञ्चनभोज क्षेत्रको दशगजा क्षेत्रमा तस्करहरुले राखेका झण्डै रु. ४ लाख बराबरको हार्डवेयर तथा किराना पसल तथा कपडा बरामद गरेको छ ।

बिशेष सुराकीको आधारमा आज बिहान सशस्त्र प्ररही सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डमा गएको टोलीले दशगजा क्षेत्रमा भारतबाट लिएको अबैध समान बरामद गरेको हो ।

समयमा सशस्त्र प्रहरीको टोली नपसगको भए उक्त समान नेपाल भित्रिने समाचार श्रोतको भनाई रहेको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट दोधारा चा“दनीका प्रहरी निरिक्षक रमा सिंह भण्डारी अनुसार माहाकाली नगरपालिका वडा नं। ७ कञ्चनभोज क्षेत्रको दशगजा क्षेत्रमा बेवारिसे अवस्थामा रु। ४ लाख बराबरको नेपाली भित्रिदै गरेको हार्डवेयर तथा किराना पसल तथा कपडा बरामद गरेको जनाएका छन् ।

लकडाउनको मौका छोपी भारतबाट समान तस्करी गरिरहेको अवस्थामा माहाकाली नगरपालिका वडा नं। ७ दशगजा क्षेत्रबाट तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले समान बरामद गरेको हो ।

बरामद अबैध बरामद समानलाई भन्सार कार्यालय गड्डा चौकी बुझाईएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले बताएका छन् ।

कोरोना नियन्त्रण तथा रोकथाम त्यसपछि लकडाउनको बेला सिमावर्ती भारतिय बजारबाट मध्यरातमा हुने तस्करी नियन्त्रणमा माहाकाली नगरपालिकामा स्थित सशस्त्र प्रहरीको भुमिका निकै सहनिय रहदै आएको स्थानियहरुको भनाई रहेको छ् । सशस्त्र प्रहरी निरिक्षकको रुपमा राम सिंह भण्डारीको आगमन पछि माहाकाली नगर क्षेत्रमा सशस्त्र प्रहरीले प्रशंसा पाउदा आएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here