पसल खोल्न र निजी गाडी जोरबिजोर चल्न दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २८ जेठ । मन्त्रिपरिषद्को बैठकले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ। यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here