थप २ सय ५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६ सय १४ पुग्यो

काठमाडौं, २९ जेठ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३० पुरुष रहेका छन् भने २० महिला रहेका छन् । देशभर कुल कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

हालसम्म देशभरबाट कोरोना संक्रमितको उपचारपछि ८६१ डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका हुन्। जसमा ८७ जना महिला रहेका छन् ७७४ पुरुष रहेका छन् । नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन्।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here