जोर-विजोर प्रणालीमा निजी सवारी सञ्चालन, अर्को जिल्ला जान प्रतिबन्ध

फाइलफोटो

काठमाडौं, ३० जेठ । शुक्रबारदेखि जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार बिहीबादेखि सञ्चालन हुन पाएका निजी सवारीसाधनमा शुक्रबार देखि जोर(बिजोर प्रणाली लागू गरिएको ट्राफिक प्रहरीमहाशाखाले जनाउको छ ।

तर ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ ।

जसअनुसार जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएका निजी सवारीसाधन सञ्चालन गर्न पाइनेछ। जस्ताे: जेठ ३० गते अर्थात् जाेर गतेका दिन जाेर नम्बर भएका निजी सवारीसाधन चलाउन पाइनेछ।

उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र मोटरसाइकल र स्कुटरमा चालक मात्र भएको खण्डमा त्यस्ता सवारीसाधनलाई रोकिने छैन ।

तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारीसाधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन। यसअघि पास लिएर सञ्चालन भएको निजीसवारी साधन पनि जोर-बिजाेर प्रणालीअनुसार मात्र चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ बजे बजेदेखि बिहान ५ बजेसम्म चलाउन भने रोक लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here