कुवेतबाट आएका ९३ जना महिला कामदार जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्र’मा

आकाश शर्मा

चतराधाम, ३० जेठ । सरकारले कुवेतबाट उद्धार गरी ल्याएका महिला कामदारमध्ये ९३ जनालाई जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्रमा राखिएको छ ।

जजिरा एयरवेजबाट विहिबार काठमाडौं ओर्लिएका उनीहरूलाई शुक्रबार ‘होल्डिङ् केन्द्रमा आइपुगेका हुन् । कुवेतबाट आउनेमा झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा ,ओखलढुंगा भोजपुर ,खोटाङ लगायतका छन् ।

होल्डिङ व्यवस्थापन समितिले उनीहरूलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर घर पठाइने जनाएको छ । आएका मध्ये ६७ जनालाई आजै जिल्लासँग समन्वय गरेर घर पठाईसकेको छ ।

श्रीरामानन्दाचार्य सेवापीठ भवनको ६० कोठामा १ सय ८० बेडको आइसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी आयुर्वेदिक डक्टरहरू र मेडिकल टिमले तयारी सुरु गरेका छन् ।

सेवापीठले विश्वभर फैलिएको कोरोना माहामारीको कारण विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि आश्रमको ६० कोठा उपलब्ध गराएको छ ।

विश्वव्यापी महाविपदको अवस्थामा विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्नको लागि सेवापीठले होल्डिङ् केन्द्रको रुपमा आफ्नो भवन दिएको हो ।

श्रीरामानन्दाचार्य सेवापीठ होल्डिङ् केन्द्रमा नेपाली सेनाको उच्च सुरक्षाको साथ सेवा सुरु भएको छ । देशलाइ परेको यो महाविपदको अवस्थालाइ मध्यनजर गर्दै श्रीरामानन्दाचार्य सेवा पीठका पीठाधिश्वर महायोगी सिद्धबाबाले उपलब्ध गराउनु भएको होल्डिङ् केन्द्रमा सरकारले तोकेको मापदण्डअनुसार आयुर्वेदिक पद्धतिबाट नै उपचार हुनेछ ।

सिद्धबाबा आफैमा पनि आयुर्वेदेकका विज्ञ हुन् । त्यसकै प्रभावले पनि त्यस केन्द्रमा रहेका लागि आयुर्वेदिक पद्धतिमै जोड दिन लागिएको हो ।


यो पनि पढ्नुहोस् ।

जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठद्धारा आश्रमको ६० कोठा ‘होल्डिङ् केन्द्र’लाई (फोटोफिचर)

महाविपदमा लड्न जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ गतिलो उदाहरण

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here