‘हायर मी नेपाल’ले ५० हजारलाई रोजगारी दिने

काठमाडौं, ३० जेठ । कोरोना भाइरस संक्रमण र लकडाउनका कारण मानिसको रोजगारी गुमिरहेको भन्दै ‘हायर मी नेपाल’ले ५० हजारलाई रोजगारी दिने भएको छ ।

रोजगारी बढाउने सरकारको कार्यक्रममा सहयोग पुर्याउने उद्देश्यले नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेस प्रालिले हायर मी नेपाल परियोजना संचालन गर्न गइरहेको जनाएको छ ।

रोजगारदातालाई चाहिएको जनशक्ति पाउन महँगो विज्ञापन गर्नुपर्ने, परीक्षा, अन्तर्वार्ता र छनोटको लामो प्रक्रिया सञ्चालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ । समयमा चाहेको रोजगारी नपाउँदा विदेश पलायन हुनुपर्ने बाध्यता छ । अर्कोतिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ ।

यही समस्या समाधान र सरकारको श्रम सूचना बैंकलाई सघाउने उद्देश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको जनाइएको छ ।

देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साइट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पूर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ ।

साउन पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको हायर मी नेपाल परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखि पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको परियोजनाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here