कोरोना संक्रमितको संख्या ७७ लाख नाघ्यो, ३८ लाख ३३ हजार संक्रमण मुक्त

काठमाडौं ३१ जेठ । विश्वभर कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ३९ हजार ५१६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७७ लाख २४ हजार ६ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५९० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २७ हजार ६७६ पुगेको छ ।

शुक्रबार विहानसम्म ३८ लाख ३३ हजार मानिस संक्रमणमुक्त भएकोमा शनिबार विहान साढे ५ बजेसम्म ३९ लाख १६ हजार ४८९ जना संक्रमण मुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here