नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

फाइलफोटो

काठमाडौं, ३१ जेठ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । अन्दाजी २५ वर्षका पुरुषको बेवारिसे अवस्थामा बिहीबार दिउँसो शव भेटिएपछि स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन ।

त्यस्तै वीरगञ्ज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर अस्पतालमा शुक्रबार मृत्यु भएका पाँच वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटी रिपोर्ट पोजेटिभ आएपछि बारा निजगढका ति बालकको स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि नारायणी अस्पताल पठाइएको थियो । परीक्षणका क्रममा उनमा पनि संक्रमण पुष्टि भएको हो ।

निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here