आठौँ राष्ट्रिय खेलकुदमा १४० स्वर्ण जित्दै आर्मी बन्यो पहिलो

काठमाडौं, १२ वैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालगञ्जको महेन्द्र रंगशालामा बुधबार साँझ प्रतियोगिताको समापन गरे ।

प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी पहिलो भएको छ । आर्मीले १४० स्वर्ण, ८१ रजत र ६७ कास्य गरी २८८ पदक हात पारेको छ ।

त्यस्तै ६२ स्वर्ण, ४९ रजत र ४६ कास्य गरी १५७ पदक हात पार्दै नेपाल प्रहरी दोस्रो भएको छ भने सशस्त्र प्रहरीले ५४ स्वर्ण, ६९ रजत र ८० कास्य गरि २०३ पदक जितेको छ ।

नेपाल पुलिसले एपीएफ भन्दा धेरै स्वर्ण जिते पनि कुल उसले अन्य पदक एपिएफ भन्दा कम जितेको छ ।

प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कास्य जितेको छ भने गण्डकीले २२ स्वर्ण, २१ रजत र ४४ कास्य पदक जितेको छ ।

प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ कास्य पदक जितेको छ भने प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ कास्य पदक जितेको छ । सुदूरपश्चिमले ८ स्वर्ण, १२ रजत र ३५ कास्य पदक जितेको छ भने प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० कास्य प्राप्त गरेको छ ।

गैरआवासिय नेपाली संघ (एनआरएन) ले ६ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्दा कर्णाली प्रदेशले सबैभन कम ३ स्वर्ण, ४ रजत र १७ कास्य जितेको छ ।

प्रतियाेगितामा ५ हजार भन्दा बढी खेलाडीहरूले १,३०७ वटा पदककाे लागि प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी नवौँ राष्ट्रिय प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदले नवौँ राष्ट्रिय खेलकुद २०७७ साल फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here