काठमाडौं, ३१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ जनाले कोरोना जितेका छन् ।
नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, सप्तरीबाट १७, बाँकेबाट ८ र भरतपुर चितवनबाट ६ जना गरी ३६ जना संक्रमणमुक्त भएका हुन्।
हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ९१३ पुगेको छ। जसमध्ये ८२२ पुरुष र ९१ जना महिला रहेका छन्।