कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

फाइलफोटो

काठमाडौं, ३२ जेठ । कोरोना संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ।

उपचारको क्रममा गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका ३६ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।

उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसँगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो। उनी २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए। केही दिनदेखि उनको स्वास्थ्य अबस्था गम्भीर थियो । उनी आइसोलेशनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुँइमै राखेर उपचार गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ। तीन साता अघि गुल्मीकै मदाने गाउँपालिका–६ का ४१ वर्षीय पुरुषको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here