दर्शकबिनाको रंगशालामा बार्सिलोनाको सानदार जित, मेसीले गरे सिजनको २०औं गोल

काठमाडौं, ३२ जेठ । कोरोना भाइरसपछि भएको स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित हात पारेको छ।

मालोर्काको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४-० गोलको फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरेको थिए ।

त्यस्तै अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक एक गोल गरे ।सिजनको ला लिगामा मेसीले २०औं गोल गरेका हुन्।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकको दूरी बनाएको छ।

यस जितसँगै बार्सिलोनाले २८ खेल खेल्दै ६१ अंक जोडेको अंक तालिकाको शिर्ष स्थानमा दोस्रो स्थानको रियल मड्रिडविरुद्ध पाँच अंकको अग्रता बनाएको छ ।

एक खेल कम खेलेको रियलको ५६ अंक छ । पराजित मालोर्का २५ अंकसहित १८औं स्थानमा छ । रियलले आइतबार एइबारसँग खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here