दोधारा चाँदनीमा तीन जना कोरोना संक्रमित थपिए

दोधारा, ३२ जेठ । माहाकाली नगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थप २८, ३२ र ३६ वर्षीय तीन युवकमा कोरोना संक्रमण फेला परेको सेती प्रादेशिक अस्पतालको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ् ।

यसअघि अघि सनसाईन बोर्डिङ्ग स्कुलमा निमार्ण गरिएको क्वारेन्टइनमा एक ३८ वर्षीय युवकको पिसिआर जाँचमा कोरोनाको संक्रमण देखिएको थियो ।

यो सहित महाकालीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

माहाकाली नगरपालिकामा पिसिआर जाँचलाई तिब्र गतीमा बढाउन स्थानिय माँग गर्दा समेत सेती प्रादेशिक अस्पतालमा पिसिआर जाँचको लागी स्वाबको चाँप बढेको बताउदै पिसिआर जाँचमा ढिलाई हुदै गएको बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here