सवारी बीमामा असार १ गतेदेखि शुल्क लाग्ने, जीवन बीमालाई समय थप

काठमाडौं, ३२ जेठ । लकडाउनका कारण थन्किएको सवारी साधनको बीमामा असार १ गतेदेखि शुल्क लाग्ने भएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि समितिले बीमितहरुलाई नवीकरण शुल्कमा ब्याज नलाग्ने व्यवस्था गरेको थियो ।

समितिले कडाउन खुकुलो भएसँगै असार १ गते देखि शुल्क लाग्ने सूचना जारी गर्न बीमा कम्पनीलाई आइतबार सर्कुलर जारी गरेको छ।

बीमा समितिले परिपत्र नै जारी गरि थन्किएका सवारी साधानको बीमा बापतको रकम २ तिहाई छुट गर्न भनेको थियो।

समितिको परिपत्र अनुसार थन्किएर बसेका सवारी साधानको बीमा छुट असार १ गते सम्म मात्रै हुने स्पष्ट भएको छ। असार १ पछि बीमा शुल्कमा छुट पाइनेछैन ।

त्यस्तै जीवन बीमा कम्पनीहरुलाई लकडाउन सकिएको १५ दिनसम्मको नवीकरण शुल्क नलिन निर्देशन दिएको छ ।

पछिल्लो पटक थप गरेको व्याज छुटको अवधि जेठ ३२ गते सकिएको पछि समितिले उक्त निर्देशन दिएको हो ।

यस्तै सरकारको निर्णय अनुसार असार १ गतेबाट विहान ८ बजेदेखि दिउसो १ बजे र दिउसो १ बजे देखि साँझ ६ बजे सम्म दुई सिफ्टमा कार्यालयहरु सञ्चालन गर्न समितिले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here