लकडाउनका कारण बन्द सबै सरकारी कार्यालय खुला, दुई सिफ्टमा सञ्चालन

काठमाडौं, १ असार । कोरोना भाइरस रोग नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि बन्द रहेका सबै कार्यालय सोमबार देखि खुला हुँदैछ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै कार्यालय खुल्ल लागेको हो ।

सरकारी कार्यालय भने आजदेखि दुई सिफ्टमा सञ्चालन हुनेछन् । पहिलो चरणमा बिहान आठ बजेदेखि एक बजेसम्म र दोस्रो चरणमा एक देखि साँझ छ बजेसम्म कार्यालय खुला गर्न लागिएको हो । कार्यालयमा कार्यरत कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ ।

अनलाइन र टेलिफोनको माध्यमबाट सेवा प्रवाह गर्न सकिने कार्यालयले सोही माध्यमबाट सेवा प्रवाह गर्ने र आवश्यकता अनुसार टोकन प्रणालीको व्यवस्था गर्न सबै निकायलाई सरकारले आग्रह गरेको छ । सबै कार्यालयले कार्यालयको मूल प्रवेशद्वारमा कर्मचारी र सेवाग्राहीको शरीरको तापक्रम नापेर मात्र प्रवेश गराउनका लागि थर्मल गन सहित सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्ने छ ।

त्यसैगरी हात धुनका लागि साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ । कार्यालयमा सेवा प्रदान गर्दा एक कर्मचारीदेखि अर्को कर्मचारीको दुरी कम्तिमा दुुई मिटरको हुनुपर्ने, सेवाग्राहीले लाइनमा सेवा लिदाँ भौतिक दूूरी कायम गर्ने स्पष्ट देखिने गरी चिह्न निर्धारण गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here