काठमाडौँ, १२ वैशाख । केही समययता लगातार बढ्दै आएको सेयर बजार बिहीबार पनि बढेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १२.८३ अंकले वृद्धि भइ १२९२.१२ पुगेको छ । बिहीबार १७६ कम्पनीका ४५ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोड ८४ लाखको कारोबार भएको छ ।
बिहीबार सबै समूहको परिसूचकमा हरियाली छायो । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ८९.९१ अंकले बढ्यो, त्यस्तै निर्जीवन बीमा समूहको सूचक ७४.८४ अंकले बढ्यो ।
विकास बैंक समूहको सूचक ४५.२९ अंकले बढ्दा बैंक समूहको सुचक १०.९ अंकले बढ्यो । अन्य समूहको सूचकमा पनि वृद्धि भएको छ ।
बिहीबार सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १८ करोड ४१ लाख रुपैंयाको सेयर कारोबार भयो भने दोस्रोमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ८ करोड ३० लाख रुपैंया बराबरको कारोबार भयो ।