सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं, १ असार । नेपाली बजारमा सुनको भाउले सोमबार नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्दै नयाँ उचाइमा पुगेको छ। सोमबार प्रतितोला छापावाल सुन ८९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ८९ हजार २ सय ६५ रुपैयाँ पुगेको छ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घट्दै ९ सय २५ रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदीको भाउ स्थिर रहँदै प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here