भोकालाई नि:शुल्क भरपेट खाना, विपन्न भन्छन्, ‘तपाईहरुको सहयोगले भोकै मरिदैन’

काठमाडौं । लक डाउनले एकातिर दैनिक हुने कमाईको बाटो बन्द । अर्कातिर खाद्यान्नको अभाव ।

यस्तो अवस्थामा धेरै विपन्न नागरिक भोकभोकै परिरहेका बेला काठमाडौंमा सहयोगि 100 ग्रुपले भने नि:शुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिई रहेका छन् ।

लक डाउनका कारण दैनिक छाक टार्न नसक्ने, सडकमा अलपत्र पर्नेहरुका लागि निशुल्क खानाको व्यवस्था गरिरहेको हो ।

कोही पनि भोको नरहोस् भन्ने मान्यता राखेर काठमाडौंको विभिन्न ठाउँमा नि:शुल्क खानाको प्रवन्ध गरिएको अभियानकर्मी अंशु यादव बताउँछन् ।

ठाँउ ठाँउमा खाना खुवाउने अभियानपछि विपन्न नागरिकको सहभागिता पनि बढ्दै गएको यादवले बताए । ‘लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय तथा बिपन्न परिवारको समस्यालाई आत्मसात गर्दै निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको हो ।

भात, दाल लगायतका परिकारसँग पेटभरि निशुल्क खाना खान पाएपछि दैनिक मजदुरी गरि गुजारा चलाउँदै आएका सडकमा नै दिन बिताउनेहरु पनि दङ्ग छन् ।

घरमा नै पकाएको खान सवारी साधनमा राखेर ठाँउ ठाँउमा आलोपालो गर्दै खाना खुवाउने गरिएको छ । सोमबारको कार्यक्रममा बाल कलाकार अनुभव रेग्मी, लिटिल मिस नेपाल तथा बाल कलाकार याङ्सु श्रेष्ठ,कलाकार कविता रेग्मी कल्पना आचार्य मिसेस नेपाल सन् २०१८ र नेपाल ब्युटिसियन, संघको राष्ट्रिय उपाध्यक्ष शोभा थापा, सामाजिक अभियान्त ओम् श्रेष्ठ, सामाजिक अभियान्त महेशजंग कुंवर, सञ्चारकर्मी कबिता खाती कबु र दिपक घिमिरेको लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here