सबै सवारी पास रद्द, मोटरसाइकलमा पनि लागू भयो जोरबिजोर

फाइलफोटो

काठमाडौं, २ असार । काठमाडौं उपत्यका लगायत अन्य जिल्ला भित्रका लागि जारी गरिएको पासहरु मंगलबारदेखि रद्द भएका छन्।

काठमाडौं उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका पासहरु (छोटो अवधिका) भने यथावत रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, जोर बिजोर प्रणालीको पूर्ण पालना गर्नुपर्ने पनि गृहको भनाई छ।

प्रेस तथा अत्यावश्यक सेवाका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागू हुने छैन ।

मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यस्तै मोटरसाइमलमा एक जना र चारपाङ्ग्रे सवारी साधनमा चालक सहित तीन जना मात्र चढ्न पाउने छन् ।

बिरामी बोकेका र आपतकालीन अवस्थाका सवारी साधनलाई डिउटीमा खटिएका प्रहरीले अवस्था हेरेर निर्णय गर्ने महाशाखाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here