अलपत्र श्रमिकलाई तत्काल उद्धार गर्न माग गर्दै एनआरएनएले बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौं, २ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि सरकारको तर्फबाट चाल्नुपर्ने कदमका बारेमा बुँदागतरूपमा सुझावपत्र बुझाएको हो ।

विदेशमा अलपत्र परेका श्रमिकहरूको तत्काल उद्धारको लागि माग गर्दै अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले पत्र मार्फत अलपत्र परेका श्रमिकहरूको तत्काल उद्धारको लागि आग्रह गरेको हुन् ।

पत्रमा सेल्टरमा कुरिरहेका मजदुरलाई नेपाल फर्कने स्वीकृति प्रदान गर्न, सयौँको सङ्ख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार गर्नका लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरिएको छ ।

त्यस्तै चार्टर उडान गर्ने व्यावहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्चविहीन भएका विद्यार्थीलाई सरकारी खर्चमा तुरुन्त उद्धार गर्न, देशमा होल्डिङ सेन्टरको प्रबन्ध मिलाउन माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here