काठमाडौं । एशियन पेन्ट्सले आफ्ना सबै व्यवसायी साझेदारलाई सुरक्षण पोशाक (पीपीई) वितरण गर्ने भएको छ।
कोभिड–१९ को महाव्याधिका कारण उत्पन्न बढ्दो स्वास्थ्य सुरक्षालाई मध्यनजर गरेर यस विरुद्ध लड्न र सुरक्षित हुन सबै व्यवसायी साझेदारहरुको सुरक्षाका लागि सुरक्षण पोशाक वितरण गरिने कम्पनीले जनाएको छ।
यसबाट व्यवसायी साझेदारहरुलाई अहिलेको महामारीमा सुरक्षित रहन मद्दत पुग्ने पनि कम्पनीले जनाएको छ।
एशियन पेन्ट्स नेपालको उच्चकोटीका पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो।




















