‘बीस महिना भित्र पुनर्निर्माण सकिन्छ’

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् ।

गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु यस अवधिमा निर्माण भइसक्ने बताएका छन् । ‘अबको २० महिना भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइक्छन्’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा कुनै विवाद नझिक्न आग्रह गरेका छन् । उनले भने, ‘भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुदैन ।’

प्रधानमन्त्री ओलीले नेपालीहरुलाई बहादुरीले मात्र होइन विद्वताले पनि चिनाउनु पर्ने बताउँदै भने, ‘नेपालीहरु विद्धान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपालाई विद्धानहरुको देश भनेर पनि चिनाउनु पर्छ ।’

प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर, वसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरक्षण गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले वसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्रधाकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवाली र काठमाण्डौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here