नुवाकोटमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं, २ जेठ । नुवाकोटमा थप तीन जना कोरोना संक्रमित थपिएका छन् ।

नुवाकोट तारकेश्वर गाउँपालिकाको २१, २५ र २९ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको अवस्था सामान्य रहेको त्रिशुली अस्पतालले जनाएको छ । यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

त्यस्तै नुवाकोटको दोश्रो र तेश्रो कोरोना सक्रमित म्यागङका दुई युवा र ककनी गाँउ पालिकाका एक युवा कोरोना मुक्त भएका छन् । १० जना भने उपचारत नै रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here