नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

प्रतिनिधी तस्विर

काठमाडौं, ३ असार । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको थियो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

निमोनिया रोगले ग्रस्त ती महिला जेठ ३० गते अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि बाँके जिल्लामा ४ जेठमा नरैनापुर गाउपालिका ५ का २५ वर्ष युवाको कोरोनाबाट मृत्यु भएको थियो।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा, चितवन, अर्घाखाँची, विरगञ्ज र पर्सामा एक एक जनाको मृत्यु भएको छ। गुल्मीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here