चालू आर्थिक वर्षको १० महीनामा ८१ अर्ब ५५ करोड बराबरको धितोपत्र सूचीकृत

काठमाडौं, ३ जेठ । चालू आर्थिक वर्षको १० महीनाको अवधिमा ८१ अर्ब ५५ करोड करोड रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको बैशाख मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी, उत्पादनमूलक लगायत कम्पनीको धितोपत्र एक्सचेन्जमा सूचीकृत भएका हुन् ।

यस अवधिमा कम्पनीको २६ अर्ब २५ करोड बराबरको बोनस सेयर, १२ अर्ब १६ करोड बराबरको साधारण सेयर (आइपीओ), ५ अर्ब ७५ करोड बराबरको म्युचअल फण्ड (सामूहिक लगानी कोष), ४ अर्ब ११ करोड बराबरको हकप्रद सेयर र ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको अन्य गरी कुल ८१ अर्ब ५५ करोड रुपैयाँ बराबरको धितोपत्र स्टकमा सूचीकृत भएका छन् ।

वाणिज्य बैंकहरूको २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको डिबेन्चर सूचीकृत भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूले अनिवार्य रूपमा चूक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि धमाधम ऋणपत्र जारी सूचीकृत हुने क्रममा छन् । केही बैंककोऋणपत्र भने दोस्रो बजारमा समेत कारोबार भइसकेको छ ।

बैशख मसान्तसम्ममा सूचीकृत ४ अर्ब ७० करोड सेयर संख्याको चुक्ता मूल्य ४ खर्ब ६० अर्ब ६१करोड रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ८०.१ प्रतिशत रहेको छ

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटलको हिस्सा १.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here