आरडीटी नेगेटिभ देखिएर घर फर्किएपछि आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

काठमाडौं, ३ असार । सुर्खेतमा आरडीटी नेगेटिभ देखिएर घर फर्किएपछि आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिम्ता गाउँपालिका-८ की २५ वर्षीय युवती आरडीटी जाँच गर्दा कोरोना नेगेटिभ देखिएपछि घर पठाएको र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

असार १ गते आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनको शव असार २ गते दिउँसो १ बजे मेहेलकुना अस्पतामा ल्याएर सोहीन दिन स्वाब गरी कोरोना परीक्षणका लागि पठाइएको थियो । कर्णालीमा कोरोना पोजेटिभ देखिएका मृतकको संख्या ४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here