भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ८१ नाघ्यो, एकै दिन नयाँ रेकर्ड

काठमाडौं, ५ असार । भारतमा कोेरोना संक्रमितको संख्या ३ लाख ८१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएसँगै ३ लाख ८१ हजार ९१ पुगेको हो । बिहीवार दिल्ली, महाराष्ट्र र उत्तर प्रदेशमा कोरोना संक्रमित ह्वात्तै थपिँदा एकै दिन नयाँ रेकर्ड कायम भएको हो।

महाराष्ट्र र दिल्लीमा एकै दिन सर्वाधिक संक्रमित थपिएका छन्। महाराष्ट्रमा ३ हजार ७ सय ५२ र राजधानी दिल्लीमा २ हजार ८ सय ७७ जनामा संक्रमण भेटिएको हो।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख ५ हजार १८२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६०४ पुगेको छ ।

बिहीवार नेपालसँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा ६ सय ३० नयाँ संक्रमित भेटिएका छन्। आन्द्र प्रदेशमा ४ सय २५ र तेलङ्गानामा ३ सय ५२ जना नयाँ संक्रमित भेटिएका छन्।

संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here