लकडाउन अवधिमा ४ हजार ३ सय ९० नेपालीले स्वदेश छोडे, ११ हजार यात्रुको आवत-जावत

काठमाडौं, ५ असार । लकडाउनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलवार सम्मसम्म १ सय ८ वटा अन्तर्राष्ट्रिय उडानहरु भएका छन् ।

राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सो कुरा बताएका हुन् ।

त्यसमा यात्रु उडान ६६ वटा कार्गो उडान ४२ वटा भएको बताए । यात्रु उडानबाट ११ हजार ८ सय ५६ जना यात्रुहरु आवत जावत गरेका छन् । यसमा करिव ६४९ जना यात्रुहरु विदेशवाट नेपाल आएका छन् । ती अधिकांश नेपालीहरु नै रहेका छन् ।

११ हजार २ सय ७ विदेशी नागरिकहरु र विदेश जानुपर्ने नेपाली नागरिक विदेश गएका छन् । विदेशी २५ वटा वायुसेवाले ५४ वटा उडान गरेका छन् । नेपालका ४ वटा वायुसेवाहरुले बाँकी उडान गरेका छन् ।

अध्यागमन विभागले कार्यालयको विवरण अनुसार लकडाउन अवधिमा सबैभन्दा बढी नेपाली नागरिकले स्वदेश छोडेका छन्। जसमा ४ हजार ३ सय ९० नेपालीले स्वदेश छोडेर विभिन्न मुलुक गएका छन्।

९ सय ४ जना अमेरिकी, ७ सय १४ बेलायती, र ५ सय ७७ जना फ्रान्सेलीले नेपाल छाडेका छन् । यसैगरी, हवाइ मार्ग हुदै लकडाउन अवधिमा ९ सय ६८ जना नेपाल भित्रिएका छन्। सबैभन्दा बढी नेपाली नागरिक ९ सय ५४ जना भित्रिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here