गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान पछिल्लोपटक सार्वजनिक गरेको विवरणअनुसार ३ जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको हो।

जसमा बागलुङको बागलुङ नगरपालिकाका ५ र ढोरपाटन नगरपालिकाका ४ पुरुष र १ महिला, तनहुँको घिरिङ नगरपालिकाका १४ पुरुष र ३ महिला र पर्वत जिल्ला अस्पतालका ३ महिला र २ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार यसअघि आजै बिहान पूर्वी नवलपरासीका २, बागलुङका १४, कास्कीका ६ र स्याङ्जाका ६ गरी थप २४ संक्रमित थपिएका छन्। शुक्रबार बिहान ६ बजे थप २४ जनाका संक्रमण पुष्टि भएको थियो । यो सहित आजमात्रै ५६ जना संक्रमित थपिएका छन् ।

यो सहित गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ३८० पुगेको निर्देशानलयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here