थप ४ सय २६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८ हजार २ सय ७४ पुग्यो

काठमाडौं, ५ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

यो नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २१६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १४०२ पुगेको छ।

कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here