पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ८६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १७६ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here