आइतबार देखि पनि सेयर बजार नखुल्ने, नेप्सेले निकाल्यो स्थगितको सूचना

काठमाडौं ७, असार । आइतबार देखि पनि सेयर बजार नखुल्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बजार स्थगितका लागि सूचना जारी गरेको छ ।

गत जेठ १ गते नेपाल धितोपत्र बोर्डले सरकारले गरेको लकडाउनको अवधि कायम रहदा सम्म बजार नखोल्ने निर्णय गरेकाले सोही बमोजिम सेयर पुँजी बजार स्थगित भएको नेप्सेले बताएको छ ।

यसअघि नेप्सेले गत बिहीबार सम्म बजार स्थगित रहेको सूचना जारी गरेको थियो । यसकारण आइतबार देखि बजार खुल्ने आंकलन गरिएको थियो । धितोपत्र बोर्डले अर्को निर्देशन नआउँदा सम्म बजार नखुल्ने नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here