तीन सातामा विदेशमा रहेका ३ हजार १ सय ८ नेपालीको उद्धार, कुन देशबाट कति आए ?

काठमाडौं, ७ असार । कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ ।

सरकारले गत ५ जुन देखि स्वदेश फर्काउन सुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो ।

गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीनहप्तामा ३ हजार १ सय ८ जना नेपाली घर फर्किसकेको एनआरएनएले जनाएको छ ।

मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरू स्वदेश फर्किएका छन्। जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको छ।

यस्तै बंगलादेशबाट २५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना, कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएको एनआरएनएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन्। त्यस्तै आईतबार साउदीको रियादबाट २४७ जना नेपाली काठमाडौ आइपुगेका छन् ।

नेपाल एअरलाइन्सको उडानबाट एक नाबालकसहित २४७ जना नेपालीहरु आज बिहान स्वदेश आइपुगेका हुन् । ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका १२ जना महिला र बाँकी पुरुष आज स्वदेश फर्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here