मनमोहनकाे विकास र समृद्धिका योजना हामी पुरा गर्छौंः प्रधानमन्त्री ओली

ललितपुर, १३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीले नेपालमा विकासको नयाँ मोडल सुरु गरेको बताएका छन् ।

पूर्वा प्रधानमन्त्री एवं तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २० औं स्मृति दिवसका अवरमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

मनमोहनले सुरु गरेको आफ्नो गाउँ आँफैं बनाउँ कार्यक्रम नेपालका लागि नौलो विकासको मोडल भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘मनमोहन अधिकारीले विकासको नयाँ मोडेल, सामाजिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कानुनी राज सुरु गर्नुभयो’ प्रधानमन्त्री ओलीले भने ‘उहाँले थालेका अधुरा कामहरु वर्तमान सरकारले पुरा गर्छ ।’

प्रधानमन्त्री ओलीले मनमोहनका पालामा द्वन्द्व र राजतन्त्र फर्काउने दुईखाले चलखेल सुरु भएको बताए ।

‘उहाँले ती समस्यालाई सजिलै समाधान गर्नुहुन्थ्यो तर उहाँसँग समय रहेन’ प्रधानमन्त्री ओलीले भने ‘उहाँको उतराधिकारीको रुपमा हामीले १२ बुंदे सम्झौता मार्फत द्वन्द्वको समाधान ग¥यौं र राजतन्त्र सदाका लागि विदा ग¥यौं ।’

प्रधानमन्त्री ओलीले मनमोहनले विकास र समृद्धिका लागि त्यती बेलै धेरै काम गर्न खोजेको बताए । ‘उहाँले सुरु गरेको विकास र समृद्धिका योजना हामी पुरा गर्छौं’ प्रधानमन्त्री ओलीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here