थप ४ सय २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं, ७ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप थप ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ४२१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १९४ रहेको छ । जसमा यो सहित संक्रमण मुक्त हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here