आवास कम्पनीको अध्यक्षमा तीन जनाको आवेदन, अन्तरवार्ताको मिति तय

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्षमा तीन जनाको आवेदन परेको छ ।

खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नको लागि बैशाख २४ मा जारी भएको सूचना अनुसार अध्यक्ष डा. ढुण्डीराज भट्टराई, कुष्ण भक्तराई र रमेश कुमार पाण्डेयको आवेदन परेको हो । उक्त आवेदनबाट अध्यक्ष छनोट गर्नको लागि अन्तरवार्ताको मिति तय भएको छ ।

व्यवसायीक कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ताको लागि असार १६ गते दिउँसो ४ बजेको लागि शहरी विकास मन्त्रालयको सभाहल उपस्थित हुन् आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here