रोटा ओलम्पिक्स आयोजना गर्दै रोट्र्याक्ट क्लब, ४५० खेलाडी सहभागी

काठमाडाैं, १३ वैशाख । रोट्र्याक्ट क्लबको डिस्ट्रक ३२९२ जोन ६ ले तीनदिने रोटा ओलम्पिक्स आयोजना गर्ने भएको छ ।

प्रतियोगिता अन्तर्गत वैशाख १४, २२ र २८ गते शनिबारका दिन विभिन्न खेलहरु हुनेछन् ।

कबड्डी, २०० मिटर दौड, ४०० मिटर रिले दौड, बोरा दौड (स्याक रेस), महिलाक्रिकेट, डोरी तान्ने दौड, वाल क्लाइम्बिङ लगायतका खेल हुने क्लबले बताएको छ ।

यस्तै ब्याडमिन्टन, फिफा, चेस, स्किपिङ, बास्केटबल, टेबल टेनिस, डाईस फेस, ब्लाइन्ड ड्रइङका खेल पनि हुनेछन् ।

आयोजक रोट्र्याक्ट क्लब नेपाल–भुटानको जोन ६ का अनुसार काठमाडौंका विभिन्न स्थानमा हुने विभिन्न किसिमका खेलहरुमा ४५० जनाले भाग लिने छन् ।

प्रतियोगितामा भाग लिनेले प्रति खेल १०० रुपैयाँ तिर्नुपर्ने छ भने खेल विजेता क्लबले ट्रफी पाउनेछन् ।

यस्तै खेलमा विजयी हुने खेलाडीले मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । खेलमा मुलुकभरका विभिन्न जोन क्लबले भाग लिनेछन् ।

बुढानीकण्ठ स्कूल, जि.ए. हल ठमेल, थेम्स इन्टरनेशनल कलेज पुरानो बानेश्वरमा हुने खेलमा रोट्र्याक्ट क्लबबाहिरका व्यक्ति तथा अन्य संस्थाले भाग लिन पाउनेछैनन् तर प्रतियोगिताको अवलोकन भने गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here